दोलखामा हवाई फायर हुँदा मतदान स्थगित

स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ।  मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । 

वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ ।

दुई स्थानमा गरी  जम्मा १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए । दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ।

प्रतिक्रिया