काठमाण्डौ । देउवा सरकारले उज्यालो अभियानका नायक कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन ।
आज उर्जा मन्त्रालयमा उनलाई नियुक्तीको पत्र बुझाइएको थियो । त्यस पछि प्राधिकरण पुगेका घिसिङलाई कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त नर्गे निर्णय गरेको थियो ।
यस अघिको ओली नेतृत्वको सरकारले कुलमानको कार्यकाल नथप्ने नियर्ण गरेसँगै जनतामाझ आक्रोस देखिएको थियो । कुलमानले घाटामा रहेको प्राधिकरणलाई चार बर्षमा नाफाँमा लगेका थिए ।
यस अघि प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव शाक्य चयन थिए । गत साउन १९ गते नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले शाक्यलाई सरकारले उचित जिम्मेवारी दिने गरी निर्णय गर्ने भन्दै शाक्यलाई प्राधिकरणबाट भने विदा हुन आग्रह गरेकी थिइन् ।