काठमाडाैं - हकप्रद शेयर निष्कासनमा अग्रस्थानमा जलविद्युत कम्पनीहरु रहेका छन् । यसै बीच २ कम्पनीहरुले आयोगबाट यसको अनुमति पाएका छन् ।
विद्युत नियमन आयोगले विभिन्न २ वटा हाइड्रोपावरहरूलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । आयोगले बरूण हाइड्राेपावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेकाे हाे ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ काे अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएकाे हाे ।
त्यसैगरी, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरको १:१.५ अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएकाे हाे । कम्पनीले १:२ काे अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति मागेकाे थियाे ।