चन्द्रागिरी जान चाहनेहरुका लागि खुसीको खबर,कम्पनीले ल्यायो बम्पर छूट

काठमाडौं - पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भइरहेको चन्द्रागिरी हिल्सले नयाँ अफर ल्याएको छ । 

मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन् । कम्पनीले जाडो मौसमलाई लक्षित गरी यो सुरु गरेको योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ । 

योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ । 

प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकमा मात्र यो अफर लागु हुने कम्पनीले जनाएको छ । 

आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्धारा प्रवद्धित कम्पनी हुन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय