काठमाडाैं - सरकारले मनसुनजन्य विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। यस अवधिमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा भने दिइने छैन।
सरकारको यो निर्णयले देशभरि मनसुनका कारण भएका मानवीय क्षति र भौतिक क्षतिप्रति संवेदना प्रकट गर्न राष्ट्रिय रुपमा एकजुट हुने अवसर प्रदान गर्नेछ।