नेप्सेमा पहिरो जान रोकिएन,कारोबार रकम २ अर्ब पनि पुगेन

काठमाण्डौ । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । यो हप्ता बजार निरन्तर ओरालो लागेको छ । आइतबार,सोमबार र मंगलबार पनि बजार घटेको छ । 

१४ अङ्क भन्दा धेरैले बजार घटेर समग्र बजार २५२७ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि एक अर्ब ७५ करोडमा झरेको छ । आज कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य घटेर कारोबार भएको छ । धेरै प्रभावित हुने उपसूचकमा बीमा समूह रहेको छ भने बाँकी सबै उपसूचकमा रातो पोतिएको छ । 

५१ कम्पनीको शेयर मूल्य बढेर कारोबार हुँदा ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । १३१ कम्पनीको शेयर मूल्य घटेर कारोबार हुँदा बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

शिवम् शिमेन्टको शेयर खरिद बिक्री धेरै हुँदा भ्युचुअल फण्डको मूल्य धेरै घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय