काठमाण्डौ - अमेरिकामा आएको समद्री आँधीले तीन नेपालीहरुको ज्यान गएको पुष्टी भएको छ ।
न्युयोर्कको क्विन्स सहरमा बस्ने एकै परिवारका तीन जनाएको ज्यान गएको हो । एकै परिवारका तीन नेपालीको ज्यान गएको त्यहाका सञ्चार माध्यमहरुले जनाएका छन ।
ज्यान गुमाउनेमा दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय बाबु आङ गेलु लामाको मृत्यु भएको हो । बाढी उनीहरु बस्ने घरमा पसेर थुनेको थियो ।
आफ्नो अपार्टमेन्टमा पानी आएसँगै उनीहरुले घरमालिकलाई सहयोगका लागि आग्रह गरेका थिए । तर, त्यसको केही मिनेटमा नै उनीहरुको फ्लोर पानीले भरिइसकेको थियो’, उनले भनिन् ।
लोबसाङकी शिक्षिका मार्था सुआरेजले भनिन्, ‘उनीहरुको परिवार साँच्चै मायालाग्दो थियो । ऊ एउटा सुखी बच्चा थियो ।’