काठमाण्डौ । निरन्तर ओरालो लागेर दयनिय अबस्थामा पुगेको नेपाली शेयर बजारले फेरी लय समाउने संकेत गरेको छ । पछिल्ला दिन केहि सकारात्मक सन्देश जाने समाचारहरु आएसँगै लगानीकर्ताहरु उत्साहित भएका हुन ।
आज नेप्से ५६ अंकले बढेर समग्र बजार २४१४ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने ३ अर्व हाराहारीमा मात्र पुगेको छ । जानकारहरुका अनुसार अब बजार लयमा फर्किने संकेत गरेको छ ।
आज दिनैभरिमा २२६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १८० कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै ६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । हिमालयन डिष्टीलरीको शेयर खरिद विक्री सबै भन्दा धेरै मूल्यको हुँदा विकास बैंक उप सूचकमा राम्रो चाम देखिएको छ ।