काठमाडौ - नेपालमा कोरोना संक्रमण बिस्तारै कम हुँदै गएको देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८३८ पीसीआर परीक्षणबाट र ७३ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षण र ३ हजार ११० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ११ हजार १८ गरिएको छ ।
१४२३ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २६ हजार ७७५ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ७७ हजार १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८६ हजार ६९४ पुगेको छ ।
हालसम्म ७ लाख ३९ हजार ४५७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९४९ पुगेको छ ।