भारतका कारण फेरि लोडसेडिङ ?

काठमाडौँ — सुक्खायाममा नेपाललाई अपुग विद्युत् आयातका लागि भारतले अनुमति नवीकरण नगरिदिँदा लोडसेडिङको जोखिम बढेको छ । भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ तर यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको छैन ।

विद्युत् बेच्ने अनुमति नवीकरणमा भारतको आनाकानी, अर्को साताबाटै उद्योग र पछि सर्वसाधारण लोडसेडिङमा पर्ने जोखिम

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ । गत वर्ष नवीकरण गरिएको म्याद १८ चैत (३१ मार्च) मा सकिँदै छ । तर अब ६ दिन मात्र बाँकी रहँदा पनि नवीकरण नभएकाले नेपाल विद्युत् प्राधिकरणसमेत दबाबमा परेको छ ।

तीन महिनाअघि नै नवीकरणका लागि पत्र पठाए पनि हालसम्म भारतले जवाफ नपठाएको प्राधिकरणका प्रवक्ता चन्दकुमार घोसले बताए । ‘अहिलेसम्म नवीकरण भएको सूचना प्राप्त भएको छैन, हामी पर्खाइमा नै छौं,’ उनले कान्तिपुरसँग भने, ‘भारतले नवीकरण गरिदिएन भने स्वदेशमा उत्पादित बिजुलीमै निर्भर हुनुपर्नेछ जसले आन्तरिक माग धान्न सक्ने छैन ।’आजको कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया