काठमाडौं - लोकप्रिय हास्यकलाकार सुरवीर पण्डितलाई पितृशोक परेको छ ।
पण्डितका पिता लोकबहादुर पण्डितको 78 वर्षको उमेरमा आज निधन भएको हो । लामो समयदेखि दमका रोगी रहेका उहाँको काठमाडौंका एक अस्पतालमा उपचार भइरहेको थियो ।
पण्डितका पिताको निधनमा शोक व्यक्त गर्दै कलाकारहरुले उहाँप्रति हार्दिक श्रदाञ्जली व्यक्त गरी भएका छन् । उहाँको आजै आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
हास्यकलाकार पण्डित लामो समयदेखि नेपाली कलाकारितामा सक्रिय रहेका छन् ।