नेप्सेको साइटमा समस्या

काठमाडौं -  अर्बौ कारोबार हुने साथै ४७ लाख लगानीकर्ताको नियामक निकै नेप्सेमा चरम बेथिति छ भन्ने कुरा सबैलाई थाहा नै छ । 

पछिको समय नेप्सेको पुरानो वेब साइट आइतबार पुस १८ गतेदेखि खुलेको छैन । जसका कारण सहज रुपमा लगानीकर्ताले सूचनादेखि महत्वपूर्ण डाटाहरु समेत हेर्न पाएका छैनन् ।

नेप्सेले पुरानो साइटमा प्रविधिक समस्या आएका कारण नखुलेको जनाएको छ । यो समाचार तयार पार्दा सम्म समस्या समाधान भएको छन् । धेरैले डोमेन नवीकरण नगरेका कारण यो समस्या आएको भन्दै आलोचना गरिरहेका छन् भने नेप्सेले भने प्राविधिक समस्या मात्र भएको बताएको छ । 

यो साइट नचलेका कारण लगानीकर्ताले नेपाली पैसाबाट लाइभ डाटा लगायतका अन्य सूचनाहरु पनि हेर्न र पढ्न पाएका छैनन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय