काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक ५४ अङ्क भन्दा धेरैले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि उत्साहजनक नै रहेको छ । आज ४ अर्ब ६० करोड बराबरको कारोबार भएको छ ।
अर्थमन्त्री जर्नादन शर्मा फेरी अर्थमन्त्रालय फर्किने भएपछि शेयर बजारले उहाँको स्वागत यसरी गरेको हो । आज कारोबार भएका २२० कम्पनीहरूमा ११२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।
आज फाइनान्स बाहेक अन्य सबै उपसूचकमा हरियाली छाएको छ भने जीवन बिमा उपसमूहमा सबै भन्दा धेरै रौनक आएको छ । शिवम् सिमेन्टको कारोबार सबै भन्दा धेरै मूल्यको हुँदा इन्स्युरेन्स कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको छ ।