शुक्रवार सुन चाँदीको मूल्य कति पुग्यो ?

काठमाण्डो । आज  नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य घटेको छ । 


हिजो  तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार १ सय रुपैयाँले बढेर तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य भने घटेको छ । हिजो तोलाको एक हजार दुई सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया