काठमाण्डौ - नयाँ सरकार आएसँगै इन्धनको मूल्य सामान्य घटेको छ ।
नेपाल आयल निगमले आज देखि लागुहुने गरि पेट्रोल र डिजेलमा प्रति लीटर एक एक रुपैयाँ घटाएको हो ।
मूल्य वृद्धिलाई लिएर विद्यार्थी संगठनहरुले आन्दोलन गरेका थिए । आन्दोलनरत विद्यार्थीको माग अनुसार इन्धनको मूल्य समायोजन गरिएको हो । यसमा सरकारको समेत समर्थन छ ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।
निगमको यो निर्णयसँगै विद्यार्थीहरुले आफ्नो आन्दोलनको कार्यक्रम फिर्ता लिने निगमको विश्वास छ ।