काठमाण्डौ - पछिल्लो २४ घण्टामा २२ सय ३७ जनालाई संक्रमण पुष्टि भएको छ भने २ हजार ५० जना निको भएका छन् । सोही अवधिमा १८जनाको मृत्यु भएको छ ।
यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६२४ जना छन् । काठमाडौंमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनालाई पोजेटिभ देखियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर र ३२ सय ६५ एन्टीजेन गरि १३ हजार ८३४ जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार २२८ जना छन् जसमध्ये अहिले ६६६ जना आइसियु र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।
कोरोना संक्रमण बढ्दै गएसँगै सरकारले अहिले कायम रहेको निषेधाज्ञा फेरि १० दिन थपिएको छ ।