पोखरा । कास्कीको घान्द्रुकमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका आठै जनाको निधन भएको छ । गण्डकी प्रदेशका डीआइजी दिवेश लोहनीले ८ जनाकै निधन भएको पुष्टि गरे ।
ग१ज ६९०० नम्बरको जिप कलाभीरबाट मोदी खोलामा खसेको थियो । उक्त जिप नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो ।
पोखराबाट एउटा अर्को साधनमा गएका यात्रु नयाँपुलबाट उक्त जिपमा गएका थिए ।
स्थानीय अमित गुरुङकाअनुसार जिपमा ९ जना सवार थिए । एक जनाको अवस्थामा भने सामान्य रहेको छ । घान्द्रुकको कलाभिरमा जिप दुर्घटना भएको उनले बताए
उनीहरूको पहिचान खुलेको छैन ।