काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ। नेपाल आयल निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट आज आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जानकारी दिएको हो।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटरमा औसत ६ रुपैयाँ ५२ पैसा, डिजेलमा १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनमा १९ रुपैयाँ ९१ पैसा मूल्य बढेर आएको छ।
अन्तरराष्ट्रिय मूल्य नघट्ने तथा यही विन्दुमा स्थिर रहे पेट्रोलियम पदार्थको आपूर्ति, विक्रीवितरण सहज बनाइराख्न पेट्रोल, डिजेल र एलपी ग्यासको नयाँ खुद्रा विक्री मूल्य पनि लागत मूल्यसरह नै हुने गरी तोक्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ।