बागलुङ । आजदेखि गण्डकी प्रदेशमा हुने भनिएको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता भएको छ । हिजो एक कार्यक्रमका विच ब्यवसायिहरुले यातायात नचलाउने घोषणा गरेका थिए ।
गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता भएको हो । शनिबार राती सहमति भएको भन्दै व्यवसायीले आईतबार बिहानै देखि सवारी सञ्चालनमा ल्याएका छन् ।
यथाशिघ्र यातायात व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएपछि घोषित आन्दोलन फिर्ता गरेको अधिकारीले बताए । गत १८ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै आइतबारदेखि गण्डकी प्रदेशभर चल्ने करिब २० हजार बढी मालबहाक तथा यात्रुबहाक सवारी साधन घर तथा ग्यारेजमा राखेर गण्डकी प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।