काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । गोलाप्रथाबाट बल छनोट गर्दा लक्की नम्बर २ छनोट गरिएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५९ हजार २४२ जना आवेदकले २ करोड १३ लाख ९४ हजार ६३० कित्ता शेयरका लागि २ अर्ब १३ करोड ९४ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये ४९ हजार ९८३ जनाको आवेदन विभिन्न कारणले रद्ध भएको छ भने १८ लाख ९ हजार २५९ जनाको आवेदन मात्रै सदर भएको जनाएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो । गलोप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ५३ हजार ८९० जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी आवेदक १६ लाख ५ हजार ३५२ जनाको भने हात रित्तो भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले रिजल्ट विभिन्न ४ तरिकाबाट हेर्न सकिन्छ । कम्पनीको आईपीओ रिजल्ट हेर्न बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com/, सिडिएसीको मेरो शेयरको वेभसाइट meroshare.cdsc.com.np/#/login सिडिएसीले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेभसाइट https://iporesult.cdsc.com.np/ र रिभर फल्स पावरको वेभसाइट https://www.riverfallshydro.com.np/ बाट पनि हेर्न सकिन्छ ।
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोला
https://www.prabhucapital.com/
meroshare.cdsc.com.np/#/login
https://iporesult.cdsc.com.np/
https://www.riverfallshydro.com.np/