युनिलिभर नेपालको लाभांश प्रस्ताव,१ किता शेयर हुनेले १२ सय १५ नगद पाउने

काठमाडौं । कम्पनीहरुले गत बर्षको आम्दानीबाट आफ्ना लगानीकर्ताहरुलाई धमाधम लाभांश घोषणा गरिरहेका छन । यसै बीच युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १२ सय १५ रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । 

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १ कित्ता सेयर बराबर १२ सय १५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ६५० रुपैयाँ मात्र नगद दिएको थियो । 
 
सभा प्रयोजनको लागि कम्पनीले मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने घोषणा गरेको छ । यसर्थ मंसिर ३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो । यसको सेयर भाउ अहिले प्रतिकित्ता १८ हजार ३०० रुपैयाँ हाराहारीमा छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय