पहिलो पटक शुक्रबार खुलेको बजारमा कारोबार रकम एक अर्ब पनि पुगेन

काठमाडौं - सेयर बजार घट्ने श्रृंखला शुक्रबार पनि जारी रहेको छ । नेप्से सूचक १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा आएको छ । 

सरकारले सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि पहिलोपटक शुक्रबार पनि सेयर कारोबार भएको हो । तर यस दिनको कारोबारले लगानीकर्तामा भने खासै रौनकता ल्याउन सकेन । सूचक ओरालो लाग्दा कारोबार रकम पनि १ अर्ब रुपैयाँभन्दा पनि तल आएर खुम्चिएको छ । यस दिन ९३ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।  

चुनावपछि सेयर बजारले केही गति लिन्छ कि भन्ने आम लगानीकर्ताको अनुमान र विश्वासलाई बजारले अहिलेसम्म सही साबित गर्न सकेको छैन । वित्तीय प्रणालीमा पैसा सहज हुने र यसले सेयर बजारमा पनि सकारात्मक माहोल पैदा गर्ने कतिपय विश्लेषकहरुको अनुमान रहेको थियो । तथापि, अहिलेसम्म बजारले यस विश्वासलाई भने पुष्टि गर्न सकेको छैन । 

 

प्रतिक्रिया