काठमाडौं - संख्यात्मक रुपमा थोरै तर गुणस्तरीय सिर्जना गर्ने गायक तथा सर्जक प्रेम सापकोटा "सोनु"को नयाँ गीत "तिम्रो घरबार" भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा प्रेम गरेर बीचमै छोड्न नपाइने कुरामा उत्कृष्ट रुपमा गीतमा उठाइएको छ । आयान न्यौपानेको लय तथा यम प्रसाद निउरेको शब्द सिर्जना रहेको सो गीतमा चोटिला शब्दको साथमा सुमधुर लयको संयोजन रहेको छ ।
प्रेम सापकोटा र अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको आवाज रहेको गीतको म्युजिक भिडियो कुमार केसीले निर्देशन गरेका छन् । गीतमा अस्मिता रनपाल र लोमस शर्माको अभिनय रहेको छ ।
जापान जस्तो अत्यन्तै व्यस्त हुनु पर्ने देशमा रहेर पनि प्रेमले गीत संगीतमा निरन्तर आफ्नो उपस्थिति जनाइरहेका छन् ।
उनको पछिल्लो गीत उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।