शुभ बिहानी । आज बिहिबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला  मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । 

प्रतिक्रिया