आइपीओ निष्कासनको लागि अर्को एक कम्पनी थपियो

काठमाडौं - धितोपत्र बोर्डमा अहिले ३ दर्जन कम्पनीहरु प्राथमिक शेयर निष्कासनको प्रतिक्षामा छन् । यसै बीच अर्को एक कम्पनी पनि यो सूचीमा थपिएको छ । 

थपिने कम्पनी हो,मुक्तिनाथ कृषि कम्पनी ।  सो कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कम्पनीले फागुन २० गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । 

नेपालमा अहिले ५१ लाख Dmate खाता खोलिएको छ भने दैनिक सक्रिय रुपमा कारोबार गर्नेको संख्या पनि बढिरहेको छ । 

प्रतिक्रिया