खोप नलगाएका मानिसलाई हिड्न प्रतिबन्ध

काठमाण्डौ । कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिन थालेपछि यसको चर्चा र सर्तकता फेरी बढ्न थालेको छ । केहि देशमा लकडाउन समेत भएको छ भने अन्तराष्टिय उडानहरु समेत बन्द गरिएको छ । 

विगतमा भन्दा अहिलको भेरियन्ट झन खतरनाक भएको भन्दै चिकित्सकहरुको चिन्ता ब्यक्त गरिरहेका छन । यसै विच जर्मनीले खोप नलगाएका जनतालाई हिँडडुल गर्न प्रतिवन्ध लगाएको  छ । जर्मनमा अहिले कोरोना महामारीले आक्रान्त पारिरहेको छ । 

त्यहाको सरकारले सर्वसाधारणहरुलाई धेरै मानिसहरुको जमघट हुने ठाँउमा नजानको लागि समेत अनुरोध गरेको छ । हिँडडुलसम्बन्धी पछिल्ला प्रतिबन्धअनुसार खोप नलगाएका मानिसले नजिकैका २ जना छिमेकीसँग मात्रै भेट्न पाउने छन् । यसबाहेक, एक हप्ताको अवधिमा हरेक एक लाख परीक्षणमा ३५० भन्दा संक्रमित फेला परेका स्थानमा बार र नाइट क्लबहरू बन्द गर्नुपर्ने छ । साथै, फुटबल प्रतियोगिता जस्ता ठूलो जमघट हुने स्थानमा मानिसको संख्या सीमित पारिने छ ।

नेपालले समेत हिजै विभिन्न ९ देशको यात्रामा प्रतिवन्ध लगाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय