साताको अन्तिम दिन आक्रामक बढेर बजार बन्द,कारोबार रकम भने औषत

काठमाण्डौ । साताको अन्तिम दिन बजार मापक सूचक नेप्से करिव ४४ अंकले बढेर समग्र बजार २६९२ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर ३ अर्व ६७ करोड माथि पुगेको छ । 

आज नेप्सेका अधिकांस उपसूचकहरु बढेर हरियाली छाएको छ । उपसूचकमा उत्पादन सूचक बाहेक अन्य उपसूचक हरियाली भएको छ । गैर जीवन विमा उपसूचक सबै भन्दा धेरै बढेको छ भने अपि पावरको कारोबार सबै भन्दा धेरै मूल्यको भएको छ । 

आज मध्य भोटेकोशी सहित तीन कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने १६४ कम्पनीहरुको शेयर मूल्य बढ्दा २३ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ साथै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय