काममा फर्किएका गभर्नरलाई शेयर बजारको रातो कार्पेट,२२ सयको विन्दुमा नेप्से आइपुग्दा चिन्तामा लगानीकर्ता 

काठमाण्डौ । अदालतको आदेशपछि काममा फर्किएका नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीको आगमनलाई शेयर बजारले भने नरुचाएको देखिएको छ । मंगलबार दोहोरो अङ्कले बढेको शेयर बजार बुधबार पनि फेरी ओरालो लागेको छ । बजार २२ सयको विन्दुमा आइपुग्न लागेपछि लगानीकर्ता भने आत्तिन थालेका छन । 

बुधबार नेप्से परिसूचक करिव ३७ अङ्कले घटेर समग्र बजार २३२० मा  आएको छ । यो विन्दु विगत एक वर्ष यताकै न्यून विन्दु मध्यको एक हो । नेप्सेमा मात्र गिरावट आएको छैन कारोबार रकममा पनि खासै सुधार हुन सकेको छैन । आज २२८ कम्पनीहरूको १ अर्ब ४५ करोड माथिको शेयर किनबेच भएको छ । 

नेप्सेका सबै उपसूचकमा रातो पोतिँदा २ कम्पनीको शेयर मूल्यमा भने सर्किट लागेर कारोबार भएको छ । साथै नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज ९ कम्पनीको मात्र शेयर मूल्य बढ्दा बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय