गर्भवती श्रीमतीको हत्या गरेर श्रीमानले १०० मा फोन गरे

काठमाण्डौ - काठमाण्डौमा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरि सोको जानकारी प्रहरीलाई समेत दिएका छन । 

मकवापुर घर भई हाल काठमाण्डौको गुहेश्वरीमा बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेका छन । 

उनले सयमा फोन गरेर जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटना स्थलमा पुग्दा उनी घरमा चुक्कुल लगाएर भित्र बसेका थिए भने श्रीमती मृत भेटिएकी थिइन । 

श्रेष्ठले विवाद भएपछि श्रीमतीको घाँटी रेटि थिचेर हत्या गरेको बताएका छन । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय