निफ्राको नाफा बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले सो अवधिमा २५.६६ प्रतिशत नाफा बढाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशत बढेर ८२ करोड ३८ लाख पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकको यस्तो आम्दानी ५६ करोड ९४ लाखमा सीमित थियो ।

यो अवधिमा बैंकको सञ्चालन मुनाफा २५.५७ प्रतिशत बढेको छ। पुस मसान्तसम्म बैंकले ६३ करोड २३ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ। हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८४ करोड ४४ लाख सञ्चित छ ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८७ पैसाबात घटेर ४ रुपैयाँ ४३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय