धिरेन्द्र न्यौपानेको नेतृत्वमा नेब्रास्का नेप्लिज सोसाइटी अमेरिका

काठमाडौं । नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा पर्वत घर भइ अमेरिका बस्दै आएका युवा धिरेन्द्र न्यौपाने चयन भएका छन् । अमेरिकामा सम्पन्न साधारण सभाले दुइ वर्षका लागि न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । न्यौपाने यस अघि नेपालमा हुँदा पत्रकारीतामा समेत सक्रिय थिए । 


नब निर्वाचित अध्यक्षले आर्थिक सन्देशसँग कुरा गर्दै संस्थाको गरिमालाई थप उचाइमा पुराउनको लागि आफुले सक्यो योगदान गर्ने बताउनु भयो । आइतबार सम्पन्न साधारण सभामा वर्तमान कार्य समितिका अध्यक्ष कृष्ण कंडेलले संस्थापक एवम पूर्व अध्यक्ष, निर्बाचन समितिका पदाधिकारी तथा संस्थाका सल्लाहाकार शालिकरामलाई सम्मान गरेका थिए ।

संस्थाको साधारण सभाले आर्थिक प्रतिवेदन पारित गरेको छ भने संस्थाका पूर्व अध्यक्ष देबराज कंडेल, पूर्ण बिक र राज आचार्यले संस्थाको प्रगती र बोर्डबाट भएको राम्रो कामको प्रशंसा गर्दै आगामी कार्यसमितिलाई सफलताको शुभकामना दिएका छन् ।

प्रतिक्रिया