लामो समयको क्रमभंग गर्दै बुधबार अर्धसतक हाराहारीमा बढ्यो नेप्से,तीन कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक धेरै दिनको अन्तरालपछि हरियाली भएको छ । नेप्सेमा हरियाली भए पनि कारोबार रकम भने खासै सुधार हुन सकेको छैन । 

बुधबार ४० अङ्क भन्दा धेरैले बढेर समग्र बजार २५६८ विन्दुमा पुगेको छ । आज दिन भरिमा २३२ कम्पनीको शेयर खरिद बिक्री भएको छ । जस मध्य १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । 

विगत २ महिनादेखि बुधबार लगातार नेप्से घट्नेक्रमको आज क्रम भंग समेत भएको छ । आज २३२ कम्पनीको शेयर किनबेच भएकोमा १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । साथै आज २ अर्ब २५ करोड माथिको शेयर खरिद बिक्री भएको छ । 

नेप्सेको सबै उपसूचकमा हरियाली छाउदा बीमा समूहको उपसूचक भने धेरै अंकले बढेको छ । त्यस्तै आज ३ कम्पनीको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय