उपत्यकामै बालिका माथि करणी

काठमाडौं - भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली फिक्कल गाउँपालिका–४ घर भएका मध्यपुर ठिमी नगरपालिका २ धुन्चेपाखा साईबर चोकस्थित हार्डवयर पसलमा काम गरी बस्ने २३ वर्षीय आकाश नेपालीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

आकाशले आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय