काठमाडौ - आज असार ३ गते, शुक्रबारदेखि शुक्रबार पनि कारोबार खुल्ने भएको छ । यो सँगै अब सातामा ६ दिन नै धितोपत्रको दोश्रो बजार खुल्ला हुने भएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७९/०२/२३ गतेको बैठकबाट दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको हुँदा सोहि बमोजिम नेप्से सञ्चालक समितिको मिति २०७९/०२/२५ गतेको निर्णयानुसार असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबार देखि बिहिबार सम्म ११:०० बजे देखि ३:०० बजेसम्म र शुक्रबार ११:०० बजे देखि १:०० बजेसम्म सन्चालन हुने नेप्सेले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।