आइपीओ प्रति कम्पनीहरूको आकर्षण बढ्दै - लुप नेटवर्कसले ४ करोडको प्राथमिक शेयर निष्कासन गर्ने

काठमाडौं - नेपालमा आइपीओको चर्चा र चासो सर्वसाधारणमा मात्र छैन कम्पनीहरु पनि यस प्रति निकै आकर्षित हुने गरेका छन् । 

धितोपत्र बोर्डमा २ दर्जन बढी कम्पनीहरूको प्राथमिक शेयर निष्कासनको प्रतिक्षामा रहेका छन् भने कतिले अनुमति पनि पाई सकेका छन । 

यसै बीच लुप नेटवर्कसले ४ करोडको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । आइपीओ निष्काशनका लागि नेटवर्कसले एनआइसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

एनआईसी एशिया क्यापिटलले आईडीया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवा अन्तर्गत लुप नेटवर्कस लिमिटेडको ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया