दाङमा बस दुर्घटना,१२ जनाको ज्यान गयो

काठमाडौं - नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । 

शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो । चिसो पानीमा डुबेका कारण पनि कतिको ज्यान गएको अनुमान गरिएको छ । 

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत भएको छैन ।

घाइते लाइ उपचारको लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय