काठमाडौं - मार्कुस स्टोइनिस र म्याथु वेडको उत्कृष्ट ब्याटिङमा अस्ट्रेलिया टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै अस्ट्रेलिया दोस्रोपकट विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।
मोहम्द रिजवान र फकर जमानको अर्धशतकमा पाकिस्तानले जितका लागि दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो ।
अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै, म्याथु वेडले ४१ रनको योगदान गर्दा मार्कुस स्टोइनिसले ४० रनको योगदान गरे ।