रोकिएका आइपीओ अब धमाधम सार्वजनिक हुने,२४ कम्पनी पाइपलाइनमा

काठमाडौँ - नेपाली धितोपत्र बोर्डको प्रमुख भिष्मराज ढुङ्गाना निलम्बन परेपछि प्राथमिक शेयर निष्कासन प्रक्रिया प्रभावित भएको समाचार विभिन्न मिडियामा आएपछि सरकारको ध्यान गएको छ । 

अब आउँदो बोर्ड बैठकबाट रोकिएका कम्पनीको आइपीओ आवेदनलाई स्वीकृति दिने तयारी भइरहेको धितोपत्र बोर्डले जनाएको छ। अहिले बोर्डमा निरज गिरीले प्रशासनिक काम चलाइरहेका छन् तर नीतिगत निर्णय भने हुन सकेको छैन । ।नियामक निकायमा स्वीकृतिको लागि अहिले ६ अर्ब माथिका कम्पनीको शेयर प्रक्रियामा रहेको छ । 

सयपत्री जलविद्युतको ९० करोड देखि डिस होमको २३ करोड सम्मको शेयर निष्कासनको प्रक्रियामा रहेका छन् । 

शेयर आउनेमा अधिकांस जलविद्युत कम्पनी रहेका छन भने इन्स्योरेन्स र लघुवित्त पनि यो लहरमा छन् ।

प्रतिक्रिया