साताको अन्तिम दिन लगानीकर्ताको लागी सुखद,नेप्सेमा दोहोरो अङ्कको वृद्धि हुँदा कारोबार रकम कति ?

काठमाण्डौ । साताको अन्तिम दिन बजार मापक सूचक नेप्से ३३ अङ्कले बढेर समग्र बजार २९३१ विन्दुमा पुगेको छ । दिनै भरि उतार चढाव रहेको बजार बन्द हुने बेलामा भने बढेको थियो । 

नेप्से बढे पनि कारोबार रकम भने घटेर ५ अर्ब ७७ करोड हाराहारीमा आएको छ । आज ३ कम्पनीहरूको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने कारोबार भएका मध्य १६० कम्पनीहरूको शेयर मूल्य बढेको छ । त्यस्तै २५ कम्पनीहरूको शेयर मूल्य घट्दा बाँकी कम्पनीहरूको शेयर मूल्य यथावत रहेको छ । 

आईएमई जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार हुँदा वाणिज्य बैंकको उपसूचक भने घटेको छ । त्यस्तै जीवन बीमा समूहको उपसूचक भने सबै भन्दा धेरै बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय