काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको युट्युब च्यानलमा सब्सक्राइबरको संख्या २ करोड नाघेको छ ।
प्रधानमन्त्री मोदीको व्यक्तिगत च्यानलले उक्त कोशेढुंगा पार गरेको भारतीय सञ्ञचार माध्यम इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । उनको युट्युब च्यानलको सब्सक्राइबरको संख्या विश्वका शीर्ष नेताहरु मध्ये सबैभन्दा उच्च पनि हो ।आफ्नो व्यक्तिगत युट्युब च्यानलमा २ करोड सब्सक्राइबर भएको गौरव हासिल गर्ने प्रधानमन्त्री मोदी एकमात्र विश्व नेता पनि बनेका छन् । सब्सक्राइबर संख्यामा अन्य विश्वव्यापी नेता र भारतीय समकक्षीहरुलाई पनि लामो दूरीले पछि पारेका छन् । दोस्रो सबैभन्दा धेरै युट्युब फलोअर्स भएका विश्वव्यापी नेता ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सनोरा हुन्ज । बोल्सनोराको युट्युब फलोअर्स ६४ लाख रहेका छन् ।यस्तै, तेस्रोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जिलेन्स्कीका ११ लाख सब्सक्राइबर रहेका छन् ।
यता, सन् २०२३ को डिसेम्बर महिनामा प्रधानमन्त्री मोदीको युट्युब च्यानलले २२.४ करोड भ्यूज पाएको छ ।जुन दोस्रो स्थानमा रहेका युक्रेनी राष्ट्रपतिको च्यानलले पाएको भ्यूज भन्दा ४३ गुणा बढी हो । कुल ४ अर्ब ५० करोड भ्यूजसहित मोदीको युट्युब च्यानल सब्सक्राइबर, भिडियो भ्यूज र राजनीतिक नेताहरुद्वारा पोस्ट गरिएका भिडियोहरुको गुणस्तरको हिसाबले अग्रणी देखिएको छ ।