क्रिकेटर सन्दीप लामिछाने पक्राउ पर्दै,प्रहरीले चाल्यो यस्तो कदम

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको आग्रहअनुसार इन्टरपोलले लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । नोटिस जारीपछि इन्टरपोल सदस्य रहेका राष्ट्रबाट उनलाई पक्राउ गर्न सहज हुनेछ । इन्टरपोलमा १ सय ९५ देश आबद्ध छन् ।

गरिरहेको निकायले इन्टरपोलमार्फत समन्वय गरेरसमेत उनलाई विदेशबाटै पक्राउ गर्न सहजीकरणका लागि आग्रह गरेको जानकारी दिए ।

 

‘अनुसन्धान गरिरहेको निकायले माग गरे इन्टरपोलले सहजीकरण गरेर विदेशबाट लामिछानेलाई पक्राउ गर्न सक्छ, प्रक्रिया सोहीअनुसार अघि बढेको हो,’ इन्टरपोलका एक प्रहरी अधिकारीले भने ।

 

प्रहरीले आरोपीविरुद्ध परेको जाहेरीका आधारमा ‘डिफ्युजन नोटिस’ जारी गरेर स्वदेश झिकाउने प्रक्रिया अघि बढाउन सक्छ ।

 

त्यस्तै, आरोप पुष्टि हुने यथेष्ट प्रमाण पुगेको अवस्थामा भने लामिछानेमाथि ‘रेड नोटिस’ पनि जारी हुन सक्छ । तर, ‘रेड नोटिस’ जारी गर्न भने प्रहरीले आवश्यक प्रमाण पु¥याउनैपर्छ ।

 

यसअघि, प्रहरीले घटना अनुसन्धान क्रममा लामिछाने पुगेको नगरकोटको होटल र उनले रात बिताएको भनिएको काठमाडौं पिंगलास्थानको एक होटलको सीसीटीभी फुटेज लिइसकेको छ ।

 

प्रहरीका अनुसार सन्दीप दुवै ठाउँका होटलमा पुगेको सीसीटिभीबाट पनि पुष्टि भइसकेको छ । उनी गत ५ भदौ राति होटलमा ३०५ नम्बरको कोठामा पसेको र बिहान त्यहाँबाट निस्किएको पनि फुटेजमा देखिएको प्रहरी अधिकारीको भनाइ छ ।

 

लामिछाने किशोरीसहित राति ११ बजेर ५५ मिनेट जाँदा होटलमा पुगेका थिए । उनीहरू बिहान साढे ६ बजेतिर त्यहाँबाट फर्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । राजधानी दैनिक

प्रतिक्रिया