नारायणी नदी किनारमा दुई पुरुषको शव फेला

चितवन — पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका-७ तर्फ नारायणी नदी किनारमा दुई पुरुषको शव भेटिएको छ। एक शव बालुवामा पुरिएको अवस्थामा र अर्को शव तैरिरहेको अवस्थामा फेला परेको हो।

प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार, एक पुरुषको खुट्टामा जुत्ता र शरीरमा भित्री वस्त्रमात्रै बाँकी रहेको अवस्थामा भेटिएको छ। अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरी टोलीले खनेर निकालेको छ।

शवको सनाखत नभएकाले उनीहरू बसमा सवार यात्रु हुन् कि होइनन् यकिन भएको छैन। यसअघि, पश्चिम चितवनको गोलाघाटमा नारायणी नदीबीचमा एक व्यक्तिको शव भेटिएको थियो। ती व्यक्ति भारत बिहारका ऋषिपाल साह हुन्, जो काठमाडौंबाट हिँडेको गणपति ट्राभल्सको बसमा जोरपाटीबाट चढेका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय