काठमाण्डौ । राम्रा खबरपछि सोमबार खुलेको शेयर बजार आक्रामक बढ्ने धेरैको अपेक्षा थियो तर सबैको अपेक्षा विपरित नेप्से भने दोहोरो अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
निरन्तर ओरालो लागेको बजार गत बिहीबार भने दोहोरो अङ्कले बढेर बन्द भएको थियो । त्यसपछि राष्ट बैंकका प्रमुख निलम्बन तथा बैशाख महिनाको लागि ब्याजदर यथावत राख्ने निर्णय भएसँगै बजार बढ्ने अपेक्षा थियो । चरम तरलता अभाव भोगिरहेको देशमा शेयर बजार पनि माथि जान सकिरहेको छैन ।
सोमबार नेप्से परिसूचक ४४ अंक भन्दा धेरैले घटेर समग्र बजार २४१९ विन्दुमा पुगेको छ । आज कारोबार रकम २ अर्ब २२ करोड भन्दामाथि पुगेको छ । कारोबार भएमा २३३ कम्पनी मध्य २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने १७ कम्पनीको शेयर मूल्य बढेको छ । साथै बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ ।
बीमा समूहको उपसूचक सबै भन्दा धेरै घट्दा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै मूल्यको खरिद भएको छ । आज नेप्सेका सबै उपसूचकमा रातो पोतिएको छ ।