काठमाण्डौ । मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली फर्किएको छ । आइतबार अर्धशतक भन्दा धेरैले बढेको बजार सोमबार पनि सोही रफ्तार लिएको छ ।
आज नेप्से ५४ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २१३२ विन्दुमा पुगेको छ । आज नेप्से मात्र होइन कारोबार रकम पनि बढेर ४ अर्ब १० करोड भन्दा माथि पुगेको छ । आज कारोबार भएका २१४ कम्पनी मध्य अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ ।
आज उपसूचकमा हरियाली छाएको छ भने फाइनान्स उपसूचकमा लगानीकर्ताको आकर्षण देखिएको छ । ७ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा शिवम् सिमेन्टको शेयर किनबेच सबै भन्दा धेरै मूल्यको भएको छ ।
मौद्रिक नीतिले ४/१२ को सीमालाई परिर्वतन गरेर १२ करोडको बनाएपछि त्यसको प्रभाव शेयर बजारमा देखिन थालेको छ ।