काठमाडौं–समृद्धि फाइनान्स कम्पनीको साढे नौ लाख कित्ता सेयर बिक्रीमा रहेको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र सर्वसाधारण समुहको ७३ हजार १ सय कित्ता गरि कुल ९ लाख ४० हजार ४ सय ६६ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
यस लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा बैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।
लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक तर्फ न्युनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । संस्थापक समूहको शेयर खरीद गर्न ईच्छुक सम्पूर्ण खरीदकर्ताहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।
कम्पनीको हकमा आवेदनका साथ कम्पनीको दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, वित्तीय विवरण, कम्पनीको आयस्रोत खुल्ने कागजात, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । साथै उक्त संस्था नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी निर्देशन अनुसार संस्थापक शेयर खरीद गर्न योग्य हुनुपर्नेछ। यस लिलामीको शेयरमा जो कोहि व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्ने छ ।