काठमाण्डौ । पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्।
सनातन धर्म संस्कृतिमा श्रावण महिनालाई शिवको महिना भनिने र यो महिनामा शिव महिमा गाइने प्रचलन छ ।
शिवपूजा, रुद्राभिषेक, शिवसाधना, शिवदर्शन, शिवालय आदि तीर्थहरूको तीर्थयात्रा, शिवभक्ति लगायतका व्रत, अनुष्ठान आदि गरी यो महिनालाई साधनामय बनाउने गरिन्छ। यस सन्दर्भमा शिवपूजा विशेषतः रुद्राभिषेक बढी गरिने र दुग्धधारा अर्पण गरिने गरिन्छ।
दुध बाग्मतीमा चडाएपछि सामाजिक सञ्जालमा यस विषयलाई लिएर पक्ष र विपक्षमा निकै वहस भएको छ । केहिले धार्मिक आस्थाका आधारमा गरिने यस्तो काम ठिक भएको बताएका छन भने कतिले यो गलत भएको प्रतिक्रिया दिएका छन ।
केहि दिन अघि भारतमा गंगामा दुध चडाँउदा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विरोध गरेका थिए जसको निकै आलोचना भएको थियो ।