सामलिङ्ग पावरको आईपीओ बाँडफाँड,कति कित्ता पर्यो ?

काठमाडौं - सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । 

 

कम्पनीले भदौ १८ गते देखि असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त आईपीओ बुधबार बाँडफाँड गरिएको हो । 

 

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि आईपीओ जारी गरेको थियो । 

 

आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि ३ हजार २५५ योग्य आवेदन परेका थिए । बाँडफाँड गर्दा आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन । 

 

आयोजना प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदन परेको थियो । बाँडफाँड गर्दा आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन ।

प्रतिक्रिया