काठमाडौं - पूँजीबजार सुदृढीकरण बृहत कार्यदलले आज अर्थमन्त्री जनार्दन शर्मालाइ भेटेको छ । दलका संयोजक अम्बिका प्रसाद पौडेलले सो कुराको पुष्टि गर्नुभएको छ ।
शर्मासँग भेटमा कार्यदलले पूँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरेको थियो । उता शर्माले पनि नियामक निकायमा प्रमुख चयन देखि लिएर अन्य मागहरु प्रति आफू सकारत्मक रहेको र पूरा गर्दै जाने बताउनु भयो । साथै ५८ बुँदे माग प्रती समेत उहाँ सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शेयर बजारमा पछिल्लो समय एकोहोरो घटिरहेको थियो तर आज मंगलबार भने ६ प्रतिशत हाराहारीमा सर्किट लागेर बजार समय भन्दा अघिनै बन्द भएको थियो ।