फोहोर फाल्न निरन्तर अवरोध भएपछि प्रहरीद्धारा बल प्रयोग

काठमाडौँ । काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । 

उनले स्थानीय जनप्रतिनिधि र सरोकार समितिका प्रतिनिधि नराखी गरिएको सहमति आफूहरूलाई मान्य नहुने बताए । आफूहरूले राख्दै आएको माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान दोहोर्याए ।


‘केही दिन अघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आएर अब प्रहरी लगाएर फोहोर फाल्न लगाउँदैनौँ भनेर प्रतिबद्धता जनाउनु भएको थियो,’ उनले भने, ‘हामी वहाँलाई सहयोग नै गर्ने पक्षमा थियौँ । तर वहाँको प्रतिबद्धता एक हप्ता पनि टिकेन । उता मन्त्री रामकुमारी झाँक्रीले पनि आफू निकट मानिसहरूलाई मात्र राखेर सहमति गर्नुभयो । त्यो हामीलाई मान्य छैन । यस्तै हो भने सदाका लागि यहाँ फोहोर फाल्ने बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’


यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।


 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय