कालिका नगरपालिकाको प्रसंशनीय काम, जेष्ठ नागरिकहरुलाई घरमै गएर उपचार

कमल राज ढकाल /कालिका - संघीयता आएसँगै स्थानिय निकाए जनतासँग निकै नजिक भएर काम गरिरहेका छन् ।कालिका नगरपालिकामा असि वर्ष माथिका जेष्ठ नागरिक र रातो कार्ड पाएका जेष्ठ नागरिकहरुको घर-घरमा गई स्वास्थ्य परिक्षण तथा ‌औषधी वितरण कार्यक्रम कालिका नगर उप प्रमुख बिमल तामाङ्ग बाट कालिका चार पिपरिया टोलमा कार्यक्रम गरि शुभारम्भ गरिएको छ ।

कालिका नगरपालिकाको एक देखि एघार ओटा वडा अन्तरगत सवै स्वास्थ्य संस्थाहरुले एकै पटक जेष्ट नागरिक र रातो कार्ड पाएका व्यक्तिहरुको घर-घरमा गई स्वास्थ्य परिक्षण तथा ‌औषधी वितरण कार्यक्रम सुरु गरेको छ। कालिका नगरपालिकाले अशि बर्ष पुग्नु भयको जेष्ठ नागरिकहरुलाई बिमा अभिकर्ता हरु मार्फत नि:शुल्क बिमा गरि कालिका नगर अस्पताल बाट तिन सय पचास थरि औसधि बिमा मार्फत नि:शुल्क दिन उधार्निय काम सुरु गरेको कालिका नगर प्रशासकिय अधिकृत केशब प्रसाद उपाध्यायले बताउनु भयो !

कालिका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भट्टराईले कालिकाको सबै वडामा गरि ६४२ जना जेष्ठ नागरिक र ६० जना रातो कार्ड पाएका व्यक्तिहरुको घर-घरमा गई स्वास्थ्य परिक्षण तथा ‌औषधी वितरण कार्यक्रम तथा नि:शुल्क बिमा गर्न कालिका नगरपालिका बाट २०७९/८०कार्यबिधी बाट बजेट विनियोजित भइ कार्यक्रम संचालन भयको बताउनु हो 

उक्त कार्यक्रम मा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद बिशिस्ट अतिथी, डा: स्वरिनल शर्मा ,बाबूराम शर्मा ,घनश्याम बास्तोला अतिथि , जनप्रतिनिधि हरु टोल सुधार अध्यक्षहरु , जेष्ठ नागरिक धर्म दत्त दाहाल घरबाट नि:शुल्क स्वास्थ परिक्षण सुरु भयको थियो। यसै बीच कालिका नगरपालिका वडा न ४ को वडा अध्यक्ष मकर मान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भयको हो । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय